श्रीलंकाविरुद्धको दोस्रो टी–टवान्टी क्रिकेटमा घरेलु टोली इण्डिया विजयी भएको छ । ईन्दोरमा गएराती भ्रमणकारी टोलीलाई ७ विकेटले हराउँदै इण्डियाले ३ म्याचको सिरिजमा १–० को अग्रता बनाएको हो । यी दुई राष्ट्रबीचको पहिलो खेल भने बर्षाका कारण रद्द भएको थियो ।
श्रीलंकाले दिएको १ सय ४३ रनको चुनौती ईण्डियाले १५ बल अगावै ३ विकेट गुमाएर भेट्टायो । उसको जितमा लोकेश राहुलले ४५, श्रेयस ऐरले ३४, शिखर धवनले ३२ तथा कप्तान बिराट कोहलीले ३० रनको योगदान गरे । श्रीलंकाका वानिन्दु डि सिल्भाले २ तथा लाहिरु कुमाराले १ विकेट लिए ।


ADVERTISEMENT


यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेट गुमाएर १ सय ४२ रनको मध्यम योगफल तयार पारेको थियो । कुशल परेराले ३४, अभिष्का फर्नाण्डोले २२ र दानुष्का गुणतिलकाले २० रन बनाए ।
इण्डियाका सारदुल ठाकुरले ३, नभदिप सैनी र कुलदिप यादवले समान २ विकेट लिए । वासिन्टन सुन्दर र जसप्रित बुमराहले समान एक विकेट लिए ।


ADVERTISEMENT

# # #