अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ अधिकारीहरुको दोस्रो ब्याचले भारतको गुजरात गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटी (GFSU) मा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा पौष २१ गतेबाट ६ दिने प्रशिक्षण सुरु गरेका छन् । प्रशिक्षण कार्यक्रमले नेपाली सरकारी अधिकारीहरुको क्षमता विकासमा भारतको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको बताईएको छ ।


ADVERTISEMENT


यस अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै २१ अधिकारीहरुको पहिलो ब्याचले GFSU मा गत मंसीर ३० गतेदेखि पौष ५ गतेसम्म सोही विषयमा प्रशिक्षण लिइसकेका छन् । संकायका अनुभवी सदस्यहरुबाट संचालित सो प्रशिक्षण नेपाली अधिकारीले अत्यन्तै राम्रो र फलदायी रहेकोे बताएका छन् । नयाँ तथा उपयोगी विचारसहित अनुसन्धान कार्यलाई अघि बढाउन सो प्रशिक्षणले नेपाली अधिकारीहरुलाई सक्षम बनाएको जनाईएको छ ।


ADVERTISEMENT

# # #


नेपाल सरकारको आग्रहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कूल ४२ अधिकारीका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने बताईएको छ । मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा प्रशिक्षण केन्द्रित रहेको छ ।

सूचना प्रविधिमा आधारित अनुसन्धानकालागि प्रशिक्षणलृ सरकारी अधिकारीहरुको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमतालाई तिखारेर नयाँ विधिहरु सिक्नलाई मद्दत अपेक्षा लिईएको छ । भ्रष्ट तथा ठगी गर्ने व्यक्तिहरुको पहिचान, निवारण एवम् कानूनी कारवाही गर्न अधिकारीहरु सक्षम बन्ने बिश्वास लिईएको छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धी नगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीहरुलाई प्रशिक्षण दिइएको हो । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग (ITEC) कार्यक्रम सञ्चालन भएको हो ।