काठमाडौँ – एनआईसी एशिया ‘अनलाइन फूड फेस्टिबल २०२०’ को बैँकिङ्ग साझेदार बनेको छ । त्यसका लागि बैँकले सञ्चालक संस्था फुडमान्डु प्रा. लि. सँग सम्झौता गरेको हो ।


ADVERTISEMENT


सम्झौता अनुसार ‘अनलाइन फूड फेस्टिबल २०२०’मा एनआईसी एशिया बैंकको मोबाईल बैँकिङ्ग एप प्रयोग गरी ‘क्यूआर’ मार्फत् भुक्तानी गर्दा ३० प्रतिशत छुट पाइनेछ ।


ADVERTISEMENT

# # #


यो अफर पौष २१, २०७६ देखि पौष २७, २०७६ सम्म लागु हुने बैँकले जनाएको छ । उक्त साझेदारी अनुसार बैंकका ग्राहकले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैँकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकले देशभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।