काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)मा साबिक विजेता पोखरा पल्टनले चितवन राइनोजजलार्य १०८ रनको सामान्य चुनौति दिएको छ ।


ADVERTISEMENT


मंगलबार पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा सबैं विकेट गुमाउँदै १०७ रन बनायो । पोखराका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४५ रन बनाउनुबाहेक अन्यले गतिलो ब्याटिङ देखाउन सकेनन् । शरदले ३९ बलमा ३ चौका र ३ छक्का प्रहार गुरे । यस्तै १२ बलमा २ छक्काको मदतमा १३ रन बनाए भने रनिन्दर सिंह, राशिद खान र आसिफ शेखले समान १०–१० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।


ADVERTISEMENT

# # #


पोखरालाई सस्तैमा समेट्ने क्रममा भुवन कार्की, सन्नी पटेल र रोहान मुस्ताफाले समान २-२ विकेट लिए । यस्तै करण केसी, विक्रम सोब र पारस खड्काले समान १-१ विकेट हात पारे ।