एजेन्सी – लाहौर हाईकोर्टले पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई मुत्युदण्डको फैसला सुनाएको छ । मंगलबार लाहौर हाईकोर्टको तीन सदस्यीय इजलाशको बहुमतले मुशर्रविरुद्ध देशद्रोहको मुद्दामा उक्त फैसला सुनाएको हो ।


ADVERTISEMENT


मुशर्रफ अहिले उपचारका लागि दुबईमा रहेका छन् । केही दिन पहिले मात्रै उनले एक भिडियोसन्देश मार्फत आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोग आएर आफ्नो अवस्था बुझ्न भनेका थिए । संविधानको अवहेलना र गंभीर देशद्रोहको अभियोगमा उनले भनेका थिए, ‘मेरो विचारमा यो मुद्दा एकदमै निराधार हो । देशद्रोह होइन, मैँले यो १० वर्षसम्म देशकोसेवा गरेको छु, युद्ध लडेको छु ।’


ADVERTISEMENT

# # #


देशद्रोहको मुद्दामा आफ्नो सुनुवाई नभएको भन्दै उनले असन्तुष्टि जनाएका थिए । ‘मेरो वकील सलमान सफदरलाई समेत न्यायालय सुनिरहेको छैन । मेरो विचारमा यो एकदमै ज्यादती भइरहेको छ । मलाई अन्याय गरिएको छ’ उनले भनेका छन् ।

के हो मुशर्रफको मुद्दा ?

इस्लामाबादका विशेष न्यायालयले ३१ मार्च २०१४ मा देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल (रिटायर्ड) परवेज मुशर्रफलाई अभियुक्त बनाएको थियो ।

उनी पाकिस्तानको इतिहासमा पहिलो यस्ता व्यक्ति थिए, जसकाविरुद्ध संविधानको अवहेलनाको अभियोग चलिरहेको थियो । २०१३ को चुनावमा जितेपछि पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आयो । सरकार बनाएपनि पूर्व सैनिक राष्ट्रपति परवेज मुशर्रफविरुद्ध संविधानको अवहेलना गरेको भन्दै मुद्दा दायर गरियो ।

आरोप लागेपछि पूर्व सैन्य राष्ट्रपति मुशर्रफ एक पटकमात्रै विशेष न्यायालयमा उपस्थित भएका थिए । त्यसपछि खराब स्वास्थ्यको कारण देखाउँदै मुशर्रफ विदेश प्रस्थान गरेका थिए । तत्कालीन सत्ताधारी पार्टी मुस्लिम लीग (नून)ले एक्जिट कन्ट्रोल लिस्टबाट उनका नाम हटाएको थियो । त्यसपछि उनलाई देश छाडेर जाने अनुमति दिइएको थियो ।