काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको दोस्रो दिनमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाछि छलफल भएको छ । यस्तै महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा पनि सुझावसहित नेताहरुले आ–आफ्ना धारणा राखेका छन् ।


ADVERTISEMENT


अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा १२ जना सदस्यहरुले प्रस्तुत प्रतिवेदन र संशोधन प्रस्तावमाथि धारणा राखेका हुन्।


ADVERTISEMENT

# # #


बैठकमा वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, योगेश भट्टराई, पम्फा भुसाल, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले प्रस्तुत प्रस्तावहरुमा उल्लेखित वैचारिक, संगठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राखे ।

कतिपय परिमार्जन र सुधारका लागि सुझावस मेत उनीहरुले प्रस्तुत गरेका थिए ।

बैठकमा नेताहरुले संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत सुझाव दिए । स्थायी समितिको अर्को बैठक पुस १ गते विहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।