काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।


ADVERTISEMENT


भट्टराईलाई उनका १५ वर्षीय छोराले दागबत्ति दिएका थिए । उनलाई नेपाल प्रहरीले सलामी दिएको थियो । सूचना, प्रविधी तथा संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटा भट्टराईको पार्थिव शरीरमाथि नेपालको झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए ।


ADVERTISEMENT

# # #


त्यसअघि अध्यक्ष भट्राईको पार्थिव शरीर दिउँसो साढे १२ देखि साढे १ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि चाबहिलस्थित राष्ट्रिय चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको थियो ।

एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि ओम अस्पतालतर्फ लाँदैगर्दा आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको थियो ।

तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि भट्टराईलाई गत वर्ष चैतमा चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गरिएको थियो ।