एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अत्यन्तै व्यस्त हुने गर्छन् । दैनिकजसो सार्वजनिक कार्यक्रममा व्यस्त रहने प्रधानमन्त्री मोदी आइतबार पनि भारतको कानपुरस्थित अटलघाटमा हुने एक कार्यक्रममा सहभागी हुँदै थिए । कानपुर यात्राका क्रममा उनी आफ्नो सुरक्षा फोर्सको घेरामा हिँडिरहेका थिए ।


ADVERTISEMENT


हतारमा सिँढी उक्लिरहेका मोदी एक्कासी लड्न पुगे । प्रधानमन्त्री मोदी लडेलगत्तै सुरक्षाकर्मीहरुले उठाएको दृष्यसहितको भिडियो अहिले भाइरल भैरहेको छ ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् भिडियो :