राहुल गुप्ता, बारा – दिउँसोको करिब १२ बज्दै थियो । शनिबार एक्कासी गणपति उद्योगमा ‘आगो लाग्योऽऽ आगो लाग्यो ऽऽऽ’ भन्दै केही महिला पुरुष चिच्याइरहेका थिए । उद्योगकै एक मजदुर सशस्त्र प्रहरीको विपद व्यवस्थापन टिमलाई फोन गरेर घटनाबारेको जानकारी गराउँदै थिए ।


ADVERTISEMENT


तुरुन्त उद्धार टोली घटनास्थलमा आयो । आगलागीमा परेर कसैको हात भाँचिएको, कोही बेहोस भएका, कोही सामान्य चोटपटक लागेकालाई उद्धार गरी प्राथमिक उपचार गरिरहेका थिए । प्राथमिक उपचारपछि घाइतेको पूर्ण उपचारका लागि एम्बुलेन्स मार्फत अन्य अस्पताल लगियो । आगो नियन्त्रणका लागि विपद व्यवस्थापन टिमले ग्याँस, चिसो बोरा, बालुवा, हरियो स्याउला, पानी लगायतका सामग्री प्रयोग गरिरहेको थियो ।


ADVERTISEMENT

# # #


यो थियो सशस्त्र प्रहरी बल नेपाल ४० नं गण र जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घको सँयुक्त आयोजनामा भएको औधोगिक बहु प्रकोपीय जोखिम न्यूनीकरणमा पूर्व तयारी र प्रतिकार्यसम्बन्धी अभिमुखीकरण कार्यक्रमको प्रयोगात्मक ननूना प्रदर्शनी ।

बारा पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा आगलागीको जोखिम बढ्दै गएकोले नगर उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराले २ दिने औद्योगिक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले औधोगिक क्षेत्रमा आउने विपदहरुका बारेमा जानकारी गराइ विपद व्यवस्थापन र न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले औधोगिक क्षेत्रमा आइपरेको विपद र जोखिमका बेला मजदुरहरु घाइते हुन्छन् । त्यस्तोबेला उद्धार कसरी गर्ने र अस्पतालसम्म कसरी पुर्याउने, उद्योगमा हुने क्षति कसरी न्यूनीकरण गर्ने जस्ता कुरामा सचेत गराउन कार्यक्रम आयोजना गरिएको धारणा राखे ।


उद्योगहरूमा हुनसक्ने विपत्सम्बन्धी जोखिमहरूको पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न पूर्व तयारीसम्बन्धी कार्यक्रममा औधोगिक करिडोरका ५० वटा उद्योगका व्यवस्थापक तथा अधिकृत तहका कर्मचारी र कामदारहरूको सहभागिता रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।