मोरङ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आँफूले जिम्मेवारी सम्हालेसंगै स्वास्थ्य क्षेत्रको भ्रष्टाचार माथिबाटै रोकिएर आएको बताएका छन् ।


ADVERTISEMENT


स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनाईएका कारण मान्छेहरूलाई व्यापार गर्न बिगतमा सहज बनेको भन्दै मन्त्री ढकालले कमिसन र भ्रष्टाचारको कारण स्वास्थ्य संस्था बिग्रिने अवस्थाको अन्त्य हुने बताएका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री ढकालले जिम्मेवारी पाएको दिन देखि नै माथिबाट हुने भ्रष्टाचार समाप्त भएका हुन् । उनले भने, ‘सबै ठाउँमा नभए पनि माथिका मान्छेहरु संलग्नता भएर हुने अनियमितता र भ्रष्टाचार समाप्त भएको छ अब त्यो माथिबाट क्रमशः तल सम्म आउँछ ।’

औषधीको मोलतोल गर्ने, औजार खरिदमा कमिसन खाने, विदेशी डोनरहरुलाई आफ्नो बनाएर सेवा भन्दा बेसी अन्तर्रा्ष्ट्रिय सेमिनार र गोष्ठीमा जाने प्रचलनलाई थितिमा ल्याउने र नीतिबाट सञ्चालन गर्ने बताएका छन् । ३ महिना देखि ६ महिना सम्ममा जनताहरूले स्वास्थ्य क्षेत्र पुरै सुध्रिने सङ्केत देखिने गरी काम गर्ने उनले बताएका छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाए पछि आफ्नो निर्वाचन क्षेत्र आएका मन्त्री ढकालले डाँगीहाट स्वास्थ्य चौकी बेलबारी ९ द्वारा आयोजित स्वागत कार्यक्रममा सो कुरा बताएका हुन । मन्त्री ढकालले बेलबारीमा अस्पताल बनाउने विषयमा केन्द्र सरकार प्रतिबद्ध रहेको बताएका छन् ।