काठमाडौं । नेपाल बिधार्थी संघ (नेबिसंघ) का पूर्व अध्यक्ष एवं कांग्रेस नेता नैनसिँह महरले आँफुले छोडेको १० महिना सम्ममा नेबिसंघलाई अपुरणीय क्षति भएको बताएका छन् ।


ADVERTISEMENT


”आधा आधी देशभरको निर्वाचन सकेर महाधिवेशन उन्मुख नेबिसंघको तत्कालीन केन्द्रिय समिति पार्टी भीत्रका सबै गुटहरुको थप कोर गुट निर्माण गर्ने आशयले असहयोग हुदा महाधिवेशन सम्पन्न नगरि राजीनामा दिनु परेको थियो” सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा लेख्दै महरले भनेका छन्  ”केन्द्र बिनाको आज १० महिना सम्म संगठनले ब्यहोरेको क्षति अपुरणीय हुदा हुदै पनि पार्टीको सिंगो केन्द्रिय समिति अहिले सम्म भाग वण्डाको झगडा देखाएर दुनिया हँसाउन मै ब्यस्त देखिन्छ ।”


ADVERTISEMENT

# # #


उनले तत्काल नेबिसंघलाई नयाँ जीवन दिन आग्रह गरेका छन् ।

”विधान भन्दा ब्यक्ति प्रमुख हुन सक्दैन यसर्थ नेविसंघको विधानले ब्यबस्था गरेअनुसार पदाधिकारी सहितको १०१ जनाको केन्द्रीय समिति बिद्यार्थीको भावना सम्बोधन हुने गरि यथाशक्य छिटो निर्माण हुनु आवश्यक छ” महरले लेखेका छन्  ”काँग्रेसको नर्सरीका रुपमा रहेको नेविसंघ बारम्बार गुटकीय आक्रमण गरेर सशक्त काँग्रेसका माध्यमले बिकसीत र समृद्ध “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” निर्माणमाको हाम्रो साझा संकल्पमा कही कतैबाट आक्रमण हुनु हुदैन ।”