विराटनगर– आपूर्तिमन्त्री शिवकुमार मण्डलले मुलुकमा औद्योगिक क्षेत्रको विकासका लागि निजी र सरकारी क्षेत्रबीच तालमेल आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


उद्योग संगठन मोरङको ४५औँं वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले एतिहासिक उपलब्धि बोकेका उद्योगको सुरक्षाका साथै अस्तित्वलाई समाप्त हुननदिन त्यस्ता उद्योगलाई नयाँरुपमा ढाल्ने सरकारको योजना रहेको स्पष्ट पारे।


ADVERTISEMENT

# # #


संविधानलाई कार्यान्वयन गर्नु नै सरकारको महत्वपूर्ण जिम्मेवारी रहेको र राजनीतिक दल हारजितको विषयभन्दा बढी संविधानलाई संस्थागत गर्नका लागि अग्रसर हुनुपर्नेमा मन्त्री मण्डलले जोड दिए । माघ– ८ गतेभित्र प्रदेश र संसदीय निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद एवं मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले व्यापारीले कम तौलमा सामान बेच्दा कारबाही हुने तर, नेपाल आयल निगमले कम तौलमा तेल बेच्दा किन कारबाही नहुने भन्दै मन्त्री मण्डलको ध्यानाकर्षण गराए ।

सोही अवसरमा मन्त्री मण्डलले उद्योग संगठन मोरङका महानिर्देशक सोमनाथ अधिकारी, प्रदर्शनीस्थलका लागि भाडामा सो संगठनलाई मन्दिरको दुई बिगाहा जग्गा उपलब्ध गराउनुभएका सत्यनारायण मन्दिर सञ्चालक समितिका अध्यक्ष बल्लभप्रसाद अधिकारी र प्रजिअ यज्ञराज कोइरालालाई सम्मान गरे ।