काठमाडौँ– सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर रिट निवेदनमाथिको सुनुवाइ सकिएपछि शुक्रबार निर्णय सुनाउने भएको छ ।


ADVERTISEMENT


न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलाशमा आज सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


सो निवेदनमाथि गत आइतबार आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला तथा चेतनाथ घिमिरे र निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गरेका थिए ।

गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएमुताबिक अहिले थुनामा राखिएको छ । सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ ।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलाशले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलाशमा पठाउन आदेश दिएको थियो ।