काठमाडौ । पहिलो पटक सागको फाइनलमा पुगेको नेपाली महिला टिमले कम्तीमा रजत पक्का भएको छ । नयाँ इतिहास बनाउने क्रममा नेपालले श्रीलंकालाई तीन-शून्यको सोझो सेटमा हरायो ।


ADVERTISEMENT


नेपालले अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । यसअघि कास्य पदकभन्दा माथिल्लो सफलता हात पार्न नसकेको नेपालले यो संस्करणमा स्वर्ण वा रजत जित्ने पक्का भएको छ ।


ADVERTISEMENT

# # #


त्रिपुरेश्वर स्थित कर्भडहलमा नेपालले श्रीलंकामाथि २५-१४, २५-१८ र २५-२१ को सेटमा जित निकाल्यो । नेपालले पहिलो सेट २५–१४ को सेटमा जित्यो । सुरुवातमा केही तालमेल नमिलेको नेपालले विस्तारै आफ्नो लयलाई समात्यो । एक समय १३–८ ले अगाडि रहेको नेपालले आफ्नो अग्रतालाई कायमै राख्दै २४–१४ मा पुर्‍याएको थियो । त्यसपछि अरु एक अंक थप्दै नेपालले पहिलो सेट २५–१४ ले जित्यो ।