बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर-१ को वडा  अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । उक्त वडामा नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्र बहादुर चन्द ४ मतले विजयी भएका हुन् ।


ADVERTISEMENT


उनले २१९ मत ल्याएर भने नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। आज भएको मतदानमा ६३८ मत खसेको मुख्य निर्वाचन अधिकृत ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।


ADVERTISEMENT

# # #