काठमाडौँ – आगामी मंसिर १४ गतेबाट हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहकाको उपनिर्वाचनको तयारी पूरा भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


बुधबार आयोजत पत्रकार सम्मेलनमा बोल्दै साबै उनले आजै राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न सबै आग्रह पनि गरे । उनका अनुसार उपनिर्वाचन सम्पन्न गर्न आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित जिल्ला र मतदान केन्द्रसम्म पुगिसकेको, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीको खटनपटन भइसकेको, गृह मन्त्रालयको संयोजकत्वमा सबै सुरक्षा निकायको सहभागितामा उपनिर्वाचन लक्षित एकीकृत सुरक्षा योजना तर्जुमा भई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको छ ।


ADVERTISEMENT

# # #


उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित आज मिति २०७६ साल मङ्सिर ११ गते साँझसम्म मतदान केन्द्रमा पुगी सक्ने पत्रकार सम्मेलनमा थपलियाले जानकारी गराए।

१२ः०० बजेवाट मौन अवधि सुरु भएकाले मौन अवधिमा आफ्ना वेभसाइड, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएसजस्ता सामाजिक संजाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निधेष गरिएको उनले जनाए । मौन अवधिमा आचार संहिताको पूर्णपालना गरी निर्धक्करूपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माणका लागि निर्वाचन आयोगको सबैमा अपिल समेत गरेको छ ।