धरान : नयाँ प्रेसरकुकर सहित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाका ९ कार्यकर्ता धरानमा पक्राउ परेका छन् । इलाका प्रहरी कर्यालय धरानको टोलीले उनीहरूलाई सोमबार राती निराजन बस्तीबाट पक्राउ गरेको हो।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



धरानको उपनिर्वाचन प्रभावित पार्ने गतिबिधी गर्दै गरेको अवस्थामा विप्लवको पर्चा र केही बन्दोबस्तीका सामाग्री सहित उनिहरुलाई धरान-१५  का वडाअध्यक्ष नरेश इबारामको घरबाट पक्राउ गरिएको डिएसपी ढुन्डिराज न्यौपानेले बताए ।

पक्राउ पर्नेमा संखुवासभाका रमेश भन्ने कुमार ढकाल, सुवास राई,  दिपेन्द्र राई, प्रविण राई, उमेश राई, पदम  राई, महेन्द्र राई, उदिप रसाइली, धरानका शन्जेस राई छन् । पक्राउ परेकाहरुको साथबाट नयाँ प्रेसर कुकर, पर्चा, नगद रसिद, १०  थान मोबाइल, १२ थान सिमकार्ड, दुई थान मोटर साइकल र एक लाख १२ हजार ५ सय रुपैयाँ बराबरको नगद बरामत गरिएको डिएसपी न्यौपानेले बताए ।

विप्लव कर्याकर्ताहरु वडाअध्यक्ष इबारामको घरमा बस्दै आएको प्रहरीले बताएको छ । उनिहरु धरानमा व्यापारी सँग चन्दा आतंक मच्चाउन र विभिन्न आगजनीका घटनामा संलग्न रहेको बताइएको छ । उनीहरुलाइ मङलबार नै मुद्दा दर्ता गरि कर्बाही प्रक्रिया अगाडी बढाउने डिएसपी न्यौपानेले जानकारी दिए ।