खैरहनी : नेकपा छोडेर नेपाली काङ्ग्रेस प्रवेश गरेका खैरहनीका टेकबहादुर परियारलाई नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् ।सोमबार राती ९ बजे घरमा बसेको बेला उनी माथी आक्रमण भएको हो ।


ADVERTISEMENT


कुटपीटपछी परियार घाइते भएका छन् । नेकपाका स्थानीय नेता दिपक मगर सहितको टोलीले घरैमा रड प्रहार गरी आक्रमण गरेको हो । पार्टी छोडेको कारण आक्रमण गरेको नेपाली काङ्ग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले बताए । श्रेष्ठका अनुसार परियार गत ६ गते काङ्ग्रेसमा प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भैइरहेको छ । टाउकोमा पाँच वटा टाका लगाइएको छ भने शरिरमा निलो डाम छ । खैरहनीको वडा नम्बर ४ र ५ मा वडाध्यक्ष पदको उपनिर्वाचन हुँदैछ ।