पोखरा: पोखरा महानगरपालिका वडा नम्बर ३३का वडाअध्यक्षको गाडीमा अज्ञात समूहले आज बम विष्फोट गरेको छ । वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा बम विष्फोट भएको हो।


ADVERTISEMENT


बिहान पौने ३ बजेतिर आचार्यको पोखरा विरौटास्थित घरमा पार्किङमा गरेर राखिएको ग २ च ४२६ नम्बरको हाइलेक्स गाडीमा बम विस्फोट गराइएको हो।


ADVERTISEMENT

# # #


बिहान २:४५ बजे बम विष्फोट भएको घटनास्थलमा पुगेका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

अज्ञात समूहले बम विस्फोट गराएको कास्कीका प्रहरी प्रमुख एसपी दलबहादुर कार्कीले पुष्टि गरे। बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको र विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

निर्मलपोखरी तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गाउँ हो।

हेलिकोप्टर दुर्घटनामा उनकाे निधन भएपछि मंसिर १४ गते हुने उपनविर्नाचनमा उनकी श्रीमती विद्या भट्टराई चुनाव लड्दै छिन्।

निर्वाचनलाई प्रभावित गर्न बम विस्फोट गराइको प्रहरीको दाबी छ।