काठमाडौं : भारतमा अपर्याप्त भएपछि प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध फागुनसम्म लम्बिने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार प्याजको निर्यातमा लगाइएको रोक फागुनसम्मै लम्बिने देखिएको हो ।


ADVERTISEMENT


गत असोजमा भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको थियो । भारतीय मिडियाहरुले सरकारको यो निर्णयले पछिल्लो समय भइरहेको प्याजको मूल्य बृद्धिमा कमी आउने बताएका थिए । यद्यपि हालसम्म मूल्यमा कुनै परिवर्तन नआएपछि भारत सरकार रोक फुकुवा नगर्ने अडानमा रहेको छ । भारतमा अहिले प्याजको खुद्रा मूल्य नै प्रति किलो एक सय भारतीय रुपैयाँ पुगेको छ । नेपाली बजारमा यसको मूल्य २ सय रुपैयाँ भन्दा माथि छ ।


ADVERTISEMENT

# # #


प्याजको उपलब्धतालाई ध्यानमा राखेर त्यहाँको सरकारले सार्वजनिक एजेन्सीमार्फत चार हजार टनसम्म प्याज आयातलाई अनुमित दिइसकेको छ ।