काठमाडौ‌ं : बिहान उठेर के गर्ने ? भन्ने विषयमा सबैको आ-आफ्नै तर्क हुन्छन् । कसैलाई बिहान चिया नखाइ शौच गर्न समस्या हुन्छ । कोही गुट्खा खाएर आफ्नो दिनको सुरुवात गर्छन् । तर स्वस्थ रहन यी विषयबाट टाढिनुको विकल्प छैन । आयुर्वेदका अनुसार बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ । चिसो पानी पिउनाले बाथ स्खलित हुनसक्ने खतरा रहन्छ ।


ADVERTISEMENT


यसैपनि जाडोमा चिसो पानी पिउने हिम्मत जो कोहीको हुँदैन । बिहान खाली पेट एक गिलास पानी पिउँदा पेट सफा हुन्छ । यसले गर्दा शरीरले पोषक तत्त्व सजिलै ग्रहण गर्छ र पाचन प्रक्रिया राम्रो हुन्छ ।


ADVERTISEMENT

# # #


छालालाई चम्किलो बनाउनका लागि पानी पिउनु जरूरी हुन्छ । यसले रगत सफा गराउँछ र छालासम्बन्धी समस्या भाग्छ ।

बिहान खाली पेट पानी पिउँदा शरीरको मेटाबोलिजम बढ्छ । यसबाट अतिरिक्त बोसो पगाल्छ र मोटोपन घटाउँछ ।

पानी सेवन गर्दा पाचन प्रक्रिया राम्रो भएर भोक बढ्छ ।

खाली पेट पानी पिउँदा मिर्गौलासँग सम्बन्धित समस्या, टाउकोदुखाइ, पेटमा ग्यास भरिने समस्या भाग्छन् ।