काठमाडौँ–वेस्ट इन्डिजले अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिज ‘क्लिनस्विप’ गरेको छ।


ADVERTISEMENT


वेस्ट इन्डिजले मंगलबार सम्पन्न तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्‍यो।


ADVERTISEMENT

# # #


टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेटको क्षतिमा २४९ रन जोड्यो। उसका लागि अस्घर अफगानले ८६ रन र हाज्रातुल्लाह जाजाइले ५० रनको योगदान दिए।

बलिङमा वेस्ट इन्डिजका किमो पाउलले ३ विकेट लिए। २५० रनको लक्ष्य वेस्ट इन्डिजले ४८।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

वेस्ट इन्डिजका लागि ओपनर साइ होपले नटआउट १०९ रनको योगदान दिए। उनले १४५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। रोस्ट चेजको नटआउट ४२ रन पनि महत्वपूर्ण सावित बन्यो। होप प्लेयर अफ दि म्याच र चेज प्लेयर अफ दि सिरिज घोषित भए।

बलिङमा अफगानिस्तानका मुजिर उर रहमानले २ विकेट लिए।