काठमाडौँ – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद नेपाल आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा उनी चार दिने औपचारिक राजकीय भ्रमणका लागि नेपाल आएका हुन् ।


ADVERTISEMENT


उनलाई मंगलबार राष्ट्रपति भण्डारीले त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेकी थिइन् । हामिदको स्वागतका लागि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, उपप्रधानमन्त्री एवमु स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायतका मन्त्री तथा उच्च पदाधिकारीहरु पनि विमानस्तल पुगेका थिए ।


ADVERTISEMENT

# # #


हामिदको सम्मानमा नेपाली सेनाले विमानस्थलमा सलामी अर्पण गरेको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन् ।

हमिदको भ्रमणमा केही नेपाल र बंगलादेशबीच उर्जा र पर्यटनसम्बन्धी केही महत्वपूर्ण सम्झौता समेत हुने बताइएको छ । भम्रण क्रममा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्र साथै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समे भ्रमण गर्नेछन् ।

भ्रमण सकेर उनी कात्तिक २९ गते स्वदेश प्रस्थान गर्नेछन् ।