काठमाडौं – एएफसी यू–१९ फुटबल छनोटमा सहभागि हुने नेपाली युवा टोलीको विदाई गरिएको छ । इरानमा दुई दिनपछि सुरु हुने छनोटमा सहभागि हुने टोलीको आज विदाई गरिएको हो ।


ADVERTISEMENT


सातदोबाटोस्थित एन्फा कम्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिब इन्द्रमान तुलाधार लगायत एन्फा अधिकारीले विदाई गरे । नेपाल रहेको समूह डि मा घरेलु टोली इरानसँगै, युनाइटेड अरब इमिरेट्स (युएई), किर्गिस्तान छ । बुधबार नेपालले युएईसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ ।


ADVERTISEMENT

# # #



नेपाली टिम

रेजिन सुब्बा (कप्तान)

गोलकिपर
विशाल राई, रोहित कार्की र पुजन होना ।

डिफेन्डर
बिशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, असिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकास खवास, योगेश गुरुङ र निराजन महर्जन

मिडफिल्ड
दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन र दिनेश हेन्जन ।

फर्वाड
मनिष डाँगी, राजिभ लोप्चन, रेजिन सुब्बा र दिपेश आले ।