काठमाडौं – बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माणाधीन कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र फसेका चार जनामध्ये तीनजना मृत अवस्थामा फेला परेका छन् । सुदूरपश्चिम प्रदेशका डीआईजी तारणी लम्सालका अनुसार तीनजना ट्याक्टरमा मृत अवस्थामा भेटिएका हुन् ।


ADVERTISEMENT


अन्य एकजनाको खोजी कार्य जारी छ । आइतबार सुरुङभित्र कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद र शेरबहादुर धामी फसेका थिए । डीआईजी लम्सालले भने, ‘‘तीनजना मृत अवस्थामा भेटिएका छन् । उनीहरु को को हुन्, बाहिर ल्याएपछि मात्रै थाहा हुनेछ । मृत्युको कारण अहिले खुलेको छैन ।’’ उनीहरुको ज्यान अक्सिजनको कमीले गएको हो वा अन्य विषाक्त रसायनले अहिले नै भन्न नसकिने डीआईजी लम्सालले बताए ।


ADVERTISEMENT

# # #


उनीहरु काम गर्नका लागि भन्दै ३ वटा ट्याक्टर र एक जिपसहित आइतबार सुरुङभित्र पसेका थिए । सुरुङको लम्बाइ झण्डै डेढ किलोमिटर छ । उद्धारका लागि काठमाडौं बझाङ, धनगढी र दिपायलबाट प्रहरी टोली परिचालन गरिएको छ ।