काठमाडौँ–पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको केन्द्रीय कार्य समिति बैठक वैशाख २५ गतेबाट बस्ने भएको छ । समसामयीक राजनीतिक परिस्थितिबारे गहन छलफल गर्न बैठक बोलाएको महामन्त्री राजाराम श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार बैठकमा चार वटा महत्वपूर्ण प्रतिवेदन प्रस्तुत हुनेछन् ।


ADVERTISEMENT


जसमा अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक कार्यपत्र पेश गर्नेछन् भने भावी कार्यक्रमसहित सचिवालयको प्रतिवेदन महामन्त्री राजाराम श्रेष्ठले तथा संगठनसम्बन्धी प्रतिवेदन अर्का महामन्त्री धु्रवबहादुर प्रधान र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नीलकष्ठ काफ्लेले प्रस्तुत गर्नेछन् ।


ADVERTISEMENT

# # #


बैठकमा प्रस्तुत प्रतिवेदनहरु व्यापक छलफलपछि पारित गरिने राप्रपाले जनाएको छ । त्यस्तै बैठकमा पार्टी एकीकरणका बारेमा समेत बृहद छलफल हुने राप्रपा प्रजातान्त्रिकका नेताहरुले बताएका छन् ।

यसअघि गणतन्त्र स्वीकारेको राणा नेतृत्वको राप्रपाले पछिल्लो समय पुनः संवैधानिक राजसंस्था र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएको छ । पार्टीका अध्यक्ष राणाले पछिल्लो समय नेपालमा राजसंस्थाको आवश्यकता देखिएको बताउँदै आएका छन् ।