काठमाडौँ – सरकारी कर्मचारीको तलब यस वर्ष पनि नबढ्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापनमा परेको दबाबका कारण कर्मचारीको तलब बढाउन नसकिएको बताएका हुन् ।


ADVERTISEMENT


तलब नबढे पनि सरकारले कर्मचारीको महंगी भत्ता भने बढाएको छ । मासिक २ हजार महंगी भत्ता पाउँदै आएका कर्मचारीले आगामी आर्थिक वर्षदेखि महंगी भत्ता मासिक ५ हजार रुपैयाँ पाउने छन् । उनले भने, ‘राष्ट्रसेवकको सेवा सुविधा समयसमपेक्ष बनाउने पर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबका कारण अपेक्षा अनुरुप तलब वृद्धि गर्न सम्भव भएन । तथापी सबै राष्ट्र सेवक कर्मचारीलाई सम्वत् २०८१ साउन १ गतेदेखि लागू हुने गरी महंगी भत्ता मासिक ५ हजार पुर्याएको छु ।’


ADVERTISEMENT

# # #


निजामती सेवा ऐन, २०४९ अनुसार प्रत्येक ३ वर्षमा निजामती कर्मचारीको तलब बढाउनुपर्ने उल्लेख छ । सोही अनुसार यस वर्ष तलब बढ्नुपर्ने थियो । यस्तै अर्थमन्त्री पौडेलले संघीय निजामती सेवा विधेयक संसदबाट चालु आर्थिक वर्षमै मास गरिने बताएछन् ।