काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । जुन कूल बजेटको ६०.१ प्रतिशत हो । यस्तै पूँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९.१ प्रतिशत विनियोजन गरिएको हो ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने अर्थमन्त्री पौडेलले बताए ।
यस्तै, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने भएको र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट बेहोरिने उनको भनाईछ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट चालु आर्थिक वर्षको सुरुको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।