काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरहेको र सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिक पुगेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले सोमबार संसद बैठक अघि निरन्तर छलफल हुने र दिउँसो २ बजे बस्ने बैठक सहज रुपमा सञ्चालन हुने गरि आइतबारको छलफल टुङ्गीएको उल्लेख गरे । बर्तौलाले राज्यको निकायमा हुने गरेका भ्रष्टाचारजन्य कार्य नियन्त्रण गर्न सरकारले प्रतिवद्धता जनाउने गरी छलफल अघि बढेको धारणा राखे ।

उनले दलहरुबीच समझदारीको कुनै ड्राफ्ट भने अहिलेसम्म नबनेको उल्लेख गरे ।