काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको पहिलो खेलमा घरेलू टोली स्कटल्याण्डले नेपाललाई ३२४ रनको विशाल चुनौती दिएको छ ।
स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनाएको हो ।
स्कटल्याण्डका कप्तान रिचि बेरिङ्टन र माइकल लिस्कले शानदार साझेदारी गरेपछि स्कटल्याण्डले विशाल स्कोर खडा गरेको हो । उनीहरुले छैटौँ विकेटका लागि ९३ बलमा १२५ रनको साझेदारी गरे । त्यसक्रममा शतकीय इनिङ खेले बेरिङ्टले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरको लिस्कले ६२ बलमा १२ चौका र ३ छक्का ठोक्दै नटआउट ९६ रन बनाए । यस्तै चार्ली टियरले ५६ बलमा ९ चौकाको मदतमा ६८ रन बनाए । यस्तै मार्क वाटले ९ बलमा नटआउट २१ रन हाने । उनले अन्तिम आभेरमा करण केसीलाई ३ छक्का ठोके भने फिन्ले म्याकार्थले १७ रन जोडे ।
स्कटिस ब्याटरसामू नेपाली बलर निरीह साबित भए । दीपेन्द्रसिंह ऐरी र करण केसीले २ विकेट लिँदा ललित राजवंशीले १ विकेट हात पारे । सन्दीप लामिछाने र सोमपाल कामी विकेटविहीन बने । उनीहरुले
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।