काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू फेरि जनताको बीचमा जाने योजना बनाइरहेको बताएका छन् ।


ADVERTISEMENT


माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा बोल्दै उनले आफू उमेर ढल्किँदै गए पनि चूप लागेर नबस्ने बरु काठमाडौँभन्दा बाहिर पार्टी अभियानमा जाने योजना बनाइहेको बताए । देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले राष्ट्रविरुद्ध निकै ठूलो षड्यन्त्र गरिरहेको दाबी गर्दै प्रचण्डले आफू दुईचार वर्ष काठमाडौँ बाहिर जनताको बीचमा जाने बताए ।


ADVERTISEMENT

# # #


केपी ओली प्रवत्ति विरुद्धको एउटा ‘ब्याटल’ जितेको र दुई चारवटा ‘ब्याटल’हरु बाँकी नै रहेको भन्दै उनले आफू नछाड्ने बताए । उनले अघि थपे, ‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्ष भएँ । उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ ।’

उनले भने, ‘फेरि २–४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।

उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’

नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । ‘नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु ।’