काठमाडौं– आइसीसी विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत आज केन्य र नेपालबीचको दोस्रो खेलमा केन्याको नवौँ विकेट पतन भएको छ ।


ADVERTISEMENT


खेलको ४५.३ ओभरमा वसन्त रेग्मीले नेहिमि आडियाम्वोलाई व्यक्तिगत २ बलको सामना गराएर ० रनमै आउट गरेका हुन् । अहिले केन्या ४५.३ ओभरमा ९ विकेट गुमाएर १५२ रनमा खेलिरहेको छ ।


ADVERTISEMENT

# # #


खेलका चौथो ओवरमा नेपालका लागि मेहबुब आलमले आफ्नो बलिङमा दुई विकेट लिए । आलमको पहिलो शिकार एलेक्स ओवान्डा एलबीडब्लुमा परे भने दोस्रो शिकार धीरेन गोन्डारिया बोल्ड भए । खेलको २८औं ओभरमा नेपालका लागि सन्दीप लामिछानेको बलमा विकेटकिपर बिनोद भण्डारीले स्टम्प गरे । खेलको ३०.३ ओभरमा सरद भेषवाकरद्वारा इरफन करिम आउट भएका थिए । इरफान करिम ७७ बलमा ३८ रन बनाएर पेवेलियन फर्किएका थिए ।

पहिलो खेलमा पाँच विकेटले हार खाएको नेपालले दोस्रो खेलमा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

सन् २०१९ को एकदिवसिय विश्वकप छनोटको यात्रा जीवतै राख्न नेपालका लागि यो खेल गर वा मरको स्थितिमा छ । पहिलो खेलमा केन्यासँग हार खाएपछि नेपालको एकदिवसिय विश्वकप छनोटको यात्रा कठिन भएको छ ।

शनिवार परायज भोगेको नेपाल आज बदला लिने तयारी छ । यद्यपी नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ ।

नेपाली टोलीमा शनिवाकै सदस्य छन्, अर्थात खेलाडी परिवर्तन भएका छैनन् । ज्ञानेन्द्र मल्ल क्याप्टेन, शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, सोमपाल कामी, सञ्जिव लामिछाने, दीपेन्द्रसिंह ऐरी, महबुब आलम, सुनील धमला नेपाली टोलीमा छन् ।