कविताः घुम्ने मेचमाथि अन्धो मान्छे
~भुपी शेरचन~ दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर, दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर, घाउहरु कोट्ट्याएर, दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क सुँक्क रोएर, दिनभरि पाते च्याउझैँ धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफूलाइ ढाकेर, साँझमा जब नेपाल खुम्चिएर काठमान्डौ काठमान्डौ डल्लिएर नया सडक र नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर, टुक्रिएर, अखबार चिया र पान को पसल बन्छ, किसिम किसिमका पोशाकमा ओहोर दोहोर गर्छन्? थरिथरिका हल्लाहरु, फुल पारेको कुखुराझैँ कराउदै हिँड्छन अखबारहरु र ठाउँ ठाउँमा अन्धकार पेटिमा उक्लिन्छ मोटरहरुको प्रकाशदेखि तर्सेर, अनि असंख्य मौरीको भुनभुन र डदाइदेखि...
Read More