दुई जीतसहित भारत भ्रमण सकाएर नेपाली टोली आज स्वदेश फर्किदै
काठमाडौँ, फाल्गुन २० । केन्यासंग हुने क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हात पार्दै भारत भ्रमण टुंग्याएर आज स्वदेश फर्किदै छ । । नेपालले बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा नोएडा वान्डर्सलाई ४० रनले पराजित गरेको थियो । राजवादा क्रिकेट क्लबसँगको पहिलो खेल हारेको नेपालले दोस्रोमा जित पाएको थियो । केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारी क्रममा रहेको नेपालले ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेको थियो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई २ सय ४८ रन बनायो । सुनील धमलाले सर्वाधिक ७४ रन बनाए । १...
Read More