Author: Himalaya Post

राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने

काठमाडौँ,  फागुन १० । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द्रीय बैंकले आज आव २०७३–७४ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत वित्तीय नीतिले लिएको उत्पादन क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरेको छ । वाणिज्य बैंकबाट विपन्न वर्गमा प्रत्यक्ष रुपमा प्रवाह हुने दुई प्रतिशतसम्मको कर्जा ‘युवालाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०७१’ बमोजिम प्रवाह हुने थप कर्जाको ५० प्रतिशतसम्मको रकमलाई २०७४ असार मसान्तसम्म ८० प्रतिशतको कर्जा निक्षेप अनुपात घटाउन पाउने व्यवस्था गरेको हो । चालु आवका लागि जारी गरिएको मौद्रिक नीतिले राखेका लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै राष्ट्र बैंकका...

Read More

अफ्रिदीले लिए सन्यास

पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट समेत सन्न्यास लिएका छन् । संयुक्त अरब इमिरेट्स ९यूएई० मा जारी पाकिस्तान सुपर लिग ९पीएसएल० मा उत्कृष्ट प्रदर्शन गरिरहेका अफ्रिदीले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटसमेत छाडेको घोषणा गरेका हुन् । अफ्रिदीले टेस्ट र एकदिवसीय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिइसकेका थिए । पेसावर जालमीबाट पीएसएल खेलिरहेका अफ्रिदीले आइतबार कराँची किङसविरुद्ध २८ बलमा ५४ रन प्रहार गरेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जनाएका हुन् । ‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेको छु’, आइतबार शारजा क्रिकेट स्टेडियममा भने, ‘म आफ्ना समर्थकहरूका लागि पीएसएल खेलिरहेको छु । यो क्रमलाई आगामी दुई वर्षसम्म निरन्तर गर्नेछु ।...

Read More

ट्राउट माछा : मागभन्दा उत्पादन कम

फागुन १० । कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा. प्रभात न्यौपानेले जानकारी दिए। न्यौपाने का अनुसार यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ भने सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको छ । सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताए । उनले...

Read More

निर्वाचन कसैले रोक्न सक्दैन : प्रमुख आयुक्त

काठमाडौँ,फागुन १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वैशाख ३१ गते हुने स्थानीय निकायको चुनाब कसैले रोक्न नसक्ने बताएका छन् । साथै उनले एक हप्ताभित्रै निर्वाचन आचारसंहिता पनि लागू गर्ने बताए । रिपोर्टर्स क्लबमा मंगलबार बोल्दै प्रमुख आयुक्त यादवले भने, ‘आयोगले यही हप्ताभित्रै आचारसंहिता लागु गर्छ, शुन्य सहनशीलताका आधारमा हामी आचारसंहिता लागू गर्ने गरी विशेष छलफलमा छौं, आचारसंहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ति केही हुन दिँदैनौं ।’ निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने बताए । आयुक्त यादवले चुनावलाई चुनौतिभन्दा पनि अवसरका रुपमा लिएको उल्लेख गर्दै भने ‘निर्वाचनको मिति घोषणा भएको छ, कानून तथा...

Read More

अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहन पाउने

काठमाडौँ, फागुन १० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । यसअघि निर्वाचनमा जितेपछि दुई वर्षसम्म पदमा बस्न पाउने व्यवस्था भए पनि अबको निर्वाचनपछि क्याम्पसमा अध्ययरत रहँदासम्म मात्र उक्त पदमा बस्ने पाउने नयाँ व्यवस्था त्रिभुवन विश्वविद्यालय गरेको छ । त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले निर्वाचित विद्यार्थी अन्तिम परीक्षा दिइसकेपछि उक्त पदमा स्वतः बस्न नपाउने व्यवस्था गरिएको जानकारी गराए। उनका अनुसार २०६९ सालमा स्ववियु निर्वाचनको तयारी गर्दा त्रिवि पदाधिकारी र विद्यार्थी सङगठनसँगको छलफलपछि त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम– २०६९ मा उक्त व्यवस्था गरिएको हो । ‘‘स्ववियुलाई वास्तविक विद्यार्थीको...

Read More