Author: Himalaya Post

सगरमाथा चढेर विश्व किर्तिमान कायम गर्ने लक्ष्यमा दृष्टिविहीन अमित

म्याग्दी, फागुन १६ । बाग्लुङ जिल्ला सर्कुवा–२ का अमित केसी दृष्टिविहीन हुन् । जन्मजात दृष्टिविहीन रहेका केसीले सगरमाथाको रङ्ग देखेका छैनन् तर उनले सगरमाथाको शिखरमा पाइला टेक्ने साहस गरेका छन् । समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका ३२ वर्षिय केसी अहिले सर्वोच्च शिखर सगरमाथा हिमाल आरोहणको तयारीमा जुटेका हुन् । सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीलाई हिमाल आरोहणका लागि नेपाल सरकारले समेत स्विकृती दिइसकेको छ । “आगामी अप्रिल २ देखि जुन १० तारेखसम्म सर्वोच्च शिखर आरोहण गरिसक्ने गरी अनुमति लिएको छु, आरोहणका लागि तयारी भइरहेको छ, आरोहण खर्च जुटाउने प्रमुख कामको थालनी भएको छ,” – उनले भने । अपाङ्गतालाई कमजोरीको रुपमा...

Read More

निर्वाचन नगरे सरकारको औचित्य समाप्त : स्वास्थ्यमन्त्री थापा

काठमाडौँ, फागुन १६ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री थापाले निर्वाचन गर्नका लागि नै यो सरकार बनेको भन्दै निर्वाचन गर्न नसके सरकारको औचित्य समाप्त हुने बताएका हुन् । उनले भने–“सरकार संविधान संशोधन र निर्वाचन गराउने काममा हरसम्भव लाग्नेछ ।” मन्त्री थापाले मधेसी असन्तुष्ट दलहरु संविधान संशोधन गर्ने पक्षमा लाग्नुपर्ने बताउँदै संशोधन प्रस्ताव पारित नभए त्यही एजेन्डालाई निर्वाचनमा लैजान आग्रहसमेत गरे । उनले नेकपा (एमाले)को संविधान संशोधन गर्न हुँदैन र मधेसी मोर्चाको संशोधन गर्नुपर्छ भन्ने सोच अतिवादी हो भएको...

Read More

सिन्धुलीमा बाह्र हप्तासम्मको निःशुल्क गर्भपतन सेवा सुरु

फागुन १६ । सिन्धुली अस्पतालमा १२ हप्तासम्मको निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको छ । जथाभावी गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै अस्पतालमा नै निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु भएको हो । पहिला रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन सेवा दिँदै आएको अस्पतालले फागुन १ बाट सिन्धुली अस्पतालमा निःशुल्क सुरक्षित गर्भपतन सेवा सुरु गरेको जनाएको छ । गर्भको अवस्था पहिचान नगरी जथाभावी औषधि प्रयोग गर्ने तथा प्राइभेट क्लिनिकमा अदक्ष चिकित्सकबाट जथाभावी गर्भपतन गराएमा महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन डा सुमित्रा गौतमले जानकारी दिइन् । सिन्धुली अस्पतालमा यसअघि रु ९९९ शुल्क लिएर सुरक्षित गर्भपतन...

Read More

मेनपावरवालीसहित अर्की एक महिलाको नाम राजदूतबाट फिर्ता

काठमाडौं, फागुन १६ । सरकारले ओमन र संयुक्त अरब इमिरेट्स युएईका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएपछि   ‘मेनपावरवाली’ भनेर चर्चामा आएकी शर्मिला पराजुली ढकाल र  कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस गरिएकी आशाकुमारी लामाको नाम सरकारले फिर्ता लिएको हो।यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएपछि उनीहरूको सिफारीस फिर्ता लिएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार विभिन्न देशमा १४ राजदुत सिफारीस भएको तेस्रो दिन नै सरकारले युएईका लागि सिफारीस भएकी लामा र ओमनका लागि सिफारीस ढकालको नाम फिर्ता लिएर मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको...

Read More

स्थानीय तहको निर्वाचनपछि नागरिकका सबै समस्या समाधान : मन्त्री बुढाथोकी

फागुन १६ । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचनपछि नागरिकले झेल्दै आएको सबैखाले समस्या हटेर जाने बताएका छन् । इलामको नेपालटारमा आइतबार ‘सातखाल्डे सहिद स्मृति फुटबल प्रतियोगिता’ समापनका अवसरलाई सम्बोधन गर्दै मन्त्री बुढाथोकीले संविधान कार्यान्वयनमा सबै क्षेत्र क्रियाशील बन्नुपर्ने बताउँदै भने– “संविधान कार्यान्वयन भयो भने मात्र नागरिक अधिकार सम्पन्न हुन्छन्, नत्र संविधान कागजको खोस्टो जस्तो मात्र हो ।” स्थानीय तहले जनप्रतिनिधि पाएपछि विकास निर्माणका कामले गति लिनुका साथै नागरिकका सबै कामकाज सहज रूपमा अगाडि बढ्ने मन्त्री बुढाथोकीले उल्लेख गरे। देशमा गणतन्त्र आएको, नयाँ संविधान पाएको भए पनि नागरिकले नयाँ संविधानको उपलब्धि अनुभव गर्न नपाइरहेको बताउँदै मन्त्री बुढाथोकीले स्थानीय तहको...

Read More