बर्दिया– बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।


ADVERTISEMENT


नेपाल सरकारबाट प्राप्त रु ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिए। अब यो सेवा सञ्चालन भएपछि राजापुरलगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पुर्याउने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले हालका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताए ।

राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ । विशेषगरी चैत वैशाखमा हावाहुरीको कारण आगलागी हुने भएको हुँदा राजापुर नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको र राजापुर नगरपालिकालगायत गेरुवा गाउँपालिका र नजिकको क्षेत्रमा दमकल आएपछि भवितव्यमा हुने आगलागीको ठूलो क्षतिबाट बच्न सकिने नेकपा (माओवादी केन्द्र) का दीपेश थारू ‘राजेश’ले बताए ।