Author: Himalaya Post

शुक्लाफाँटा पर्यटन महोत्सव शुक्रबारदेखि

भीमदत्तनगर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै समग्र सुदूरपश्चिम क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्वका धरोहरको प्रवद्र्धन र प्रचारप्रसारका लागि शुक्लाफाँटा महोत्सव–२०७३ को आयोजना हुने भएको छ । कञ्चनपुरको भीमदत्तनगरमा बुधबार पत्रकारसम्मेलन गर्दै आयोजक नेपाल टुर एन्ड ट्राभल्स एसोसिएसन, सुदूरपश्चिमले शुक्लाफाँटा महोत्सवका बारेमा जानकारी गराउँदै उक्त महोत्सव यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनका लागि आयोजना हुने जनाएको हो । शुक्रबारदेखि हुने महोत्सव शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्ज बनेपछि प्रचार–प्रसारका लागि पनि महोत्सव आवश्यक रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। महोत्सवमा व्यवसायी र छिमेकी मुलुक भारतका विभिन्न भूभागका पर्यटकलाई सम्मिलित गराउने उद्देश्य रहेको छ । यही चैत्र ४ देखि ६ गतेसम्म सञ्चालन...

Read More

दिक्तेल बजारको आठ टन फोहोर उठाइयो

खोटाङ– दिक्तेलस्थित जयपुरेडाँडामा जथाभावी थुपारिएका आठ टन फोहोर हटाइएको छ । ‘स्वच्छ र सुन्दर नगरपालिका’ अभियानअन्तर्गत मङ्गलबार प्रशासन, जिल्ला समन्वय समिति र रुपाकोट मझुवागढी नगरपालिकाको संयुक्त पहलमा उक्त परिमाणको फोहोरमैला हटाइएको हो । बजार क्षेत्रमा बढ्दो फोहोरमैला नियन्त्रणका लागि स्वच्छ र सफा नगरपालिका अभियान थालिएको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले बताए । फोहोर फाल्ने ल्यान्डफिलसाइट अभावमा स्थानीयवासी र व्यवसायीले जयपुरेडाँडामा थुपारेको मादक पदार्थका बोतल, सिसा, प्लास्टिक, धातुका टुक्रालगायत फोहोरमैलाको थुप्रो हटाइएको हो । जिल्लास्थित विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, व्यवसायी, पत्रकार र नागरिक समाजका अगुवा सहितको टोलीले उठाएका फोहोरमैला ट्र«क र ट्याक्टरमा हालेर चार किलोमिटर टाढा...

Read More

मनाङमा दुई दिनपछि सवारी साधन चल्ने

मनाङ– गतसाताको भीषण हिमपातपछि अन्नपूर्ण पदमार्गमा आएको हिम पहिरो र बाटोभरी हिउँ जमेर पैदलयात्री हिड्न बाधा पर्नुका साथै सवारीसाधन सञ्चालन नभएकाले तत्कालीन अवस्थालाई मध्यनजर गर्दै मनाङ जिल्लाका पर्यटन व्यवसायी र जिल्ला प्रशासनको पहलमा बाटो सफाइमा जुटेका सेना प्रहरीले मनाङ जिल्ला सदरमुकाम चामेसम्म बाटो सफाइ गरिसकेका छन् । चामेबाट मनाङसम्म ३० किलोमिटर बाँकी बाटो आज चैत २ गतेदेखि सफाइ सुरु भएको र अबको दुई दिनभित्र पूरै बाटो सफा हुने कुरा जिल्ला समन्वय समितिका कार्यकारी प्रमुख रामुराज कडरियाले जानकारी दिएका...

Read More

स्थानीय तह कार्यान्वयनका लागि तत्काल रु सात अर्ब निकासा

काठमाडौँ– अर्थ मन्त्रालयले स्थानीय तहको भौतिक पूर्वाधार तयार र कार्यालय सञ्चालनका लागि रु सात अर्ब ४४ करोड आज निकासा गरेको छ । पुनःसंरचनापछि बनेको सात सय ४४ स्थानीय तह प्रत्येकले रु एक/एक करोड पाउने गरी बीउ पुँजीका रुपमा निकासा गरिएको जानकारी उपप्रधानमन्त्री कृष्णबहादुर महराले पत्रकारहरुलाई दिए । अर्थमन्त्री महराका अनुसार स्थानीय तहमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिकालाई संस्थागत विकास गर्नका लागि अर्थ मन्त्रालयले निकासा गरेको हो । महानगरपालिका सहसचिव, उपमहानगर र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा अधिकृत तहको कर्मचारी काजमा पठाएर साङ्गठानिक पुनःसंरचना पनि आजै गरिएको छ । तहगत र आर्थिक रुपमा...

Read More

हवाई कालोसूची हटाउन युरोपेली आयोगलाई नेपालको आधारपत्र हस्तान्तरण

काठमाडौँ– युरोपेली आकासमा नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुधबार हस्तान्तरण गरेको छ । नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली आकासमा लगाउँदै आएको प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले पर्यटन मन्त्रालयद्वारा उपलब्ध गराइएको सो आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई परराष्ट्र मन्त्रालयमा बुधबार हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले गत फागुनको पहिलो हप्ता गर्नुभएको ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष एवम् विदेश मामिला र सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडेरिका मोगरिनीसँग उक्त कालो...

Read More