काठमाडौँ– बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गर्दै आगामी दिनमा प्रकाशनले बेलायती स्रष्टाका कृति प्रकाशन गर्दै जाने जानकारी दिए। उनले साझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाबाट सहयोगको अपेक्षा पनि गरे।


ADVERTISEMENT

# # #


नेपाल–बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुई सय शीर्षकका तीन हजार थान पुस्तक राखिएका छन् ।

लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सो सातौं कृति साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्र वटा यात्रानुभूति उक्त पुस्तकमा रहेको साहित्यकार बजगाईँले जानकारी दिए ।