Author: Himalaya Post

प्रधानमन्त्रीद्वारा पाटन दरबार पुनःनिर्माणको अवलोकन (फोटोफिचर)

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले आज पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन् । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले यस स्थानको भ्रमण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री ओलीले ललितपुरमा रहेका स्मारकको पुनःनिर्माण सन्तोषजनक रुपमा अघि बढेको बताएका छन् । पुनःनिर्माण चाँडो सम्पन्न गर्नका लागि सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उनको जोड छ । सरकारले धार्मिक र सांस्कृतिक क्षेत्रको पुनःनिर्माणलाई प्राथमिकता दिइरहेको बताउँदै काठमाडौँ उपत्यकाका अघि बढ्न नसकेका स्मारकको पुनःनिर्माण चाँडो शुरु...

Read More

देशमा अशान्ति र अस्थिरता युगको अन्त्य : वरिष्ठ नेता नेपाल

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशमा अशान्ति र अस्थिरताको युगको अन्त्य भएको बताएका छन् । भक्तपुरबाट प्रकाशित हुने समय समाज साप्ताहिकको आज आयोजित १४ औँ वर्ष प्रवेश कार्यक्रममा उनले अब देशमा शान्ति र स्थिरता स्थापना भइसकेको बताए । दुई तिहाइको वर्तमान सरकार र नेकपाबाट जनताले विकास र समृद्धिको ठूलो आशा राखेको बताउँदै उनले सरकारले अघि सारेको समृद्ध मुलुक र सुखी नेपालीको मिसनलाई पूरा गर्नुपर्ने बताए । वरिष्ठ नेता नेपालले देशको गरीबी र बेरोजगारीको चक्रब्यूहलाई अन्त्य गर्न सरकार सफल हुने बताउँदै सीप, उद्यमशीलता र प्राविधिक शिक्षालाई गाउँगाउँमा पुर्याउनुपर्नेमा जोड दिए । सांसद महेश बस्नेतले पत्रकारिता क्षेत्रले...

Read More

क्रिस गेल र एबी डिविलियरविरुद्ध सन्दीप ‘प्लेइङ-११’ पर्लान् त ?

काठमाडौँ– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछाने यतिबेला बंगलादेश प्रिमियर लिग (बीपीएल)का लागि बंगलादेशमा छन् । उनी आवद्ध टिम सिलेट सिक्सर्स्ले आफ्नो आज पाँचौँ खेल खेल्दैछ । डेब्यु खेलमा नै शानदार सुरुवात गरेका सन्दीपले त्यसपछिका दुई खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा पछिल्लो खेलमा अन्तिम ११ मा अटाएनन् । आज पनि उनी टिममा अटाउँछन् कि अटाउँदैनन् भन्नेमा द्विविधा रहेको छ । आफ्नो पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्ध चार ओभरमा दुई विकेट लिदा १६ रन मात्रै खर्चेका सन्दीपले अर्को खेलमा चितगाँउ भिकिंग्सविरुद्ध ४ ओभर बलिङ गरेर २१ खर्चिए । तर, कुनै पनि विकेट लिन सकेनन् । यस्तै तेस्रो खेलमा उनी झन महंगो...

Read More

लहरी छुट्ने ढोरबाराहीको प्रवद्र्धनमा उदासीनता

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारदेखि पाँच किलोमिटर दूरीमा पर्दछ प्रसिद्ध ढोरबाराही मन्दिर । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा पर्ने यस मन्दिरलाई हिन्दु धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आइएको छ । हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति समेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टहरू समेत रहेका छन् । चारैतिरबाट जङ्गलले घेरिएको पहाडको बीचमा अवस्थित ढोरबाराही मन्दिर परिसरमा १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुई जोर शिला छन् । पोखरीमा पन्ध्र/पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमयी लहरी (पानी घटबढ) ले यस मन्दिरको महिमा र आस्थालाई अझ उँचो राख्न सहयोग पुर्याएको छ । मन्दिरका पुजारी चिरञ्जीवी लम्साल...

Read More

शेयर बजार सात अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ । मङ्गलबार उच्च अङ्कले बजार वृद्धि भएको भए पनि आज त्यो क्रम अगाडि बढ्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ७ दशमलव ५७ विन्दुले घटेर एक हजार १८७ दशमलव ९७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक आज दुई दशमलव ०५ विन्दुले घटेर २५१ दशमलव ५० विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६९ कम्पनीको १७ लाख ४४ हजार १८७ कित्ता शेयर रु ५३ करोड ६ लाख ५१ हजार ४३५ मूल्यमा खरीद बिक्री भयो । आज कारोवार भएका कूल एघार...

Read More