Author: Himalaya Post

एआइजी धिरु बस्न्यातद्वारा पोखरामा खेलकुद पदाधिकारीसंग अन्तरक्रिया

काठमाडौँ– राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) धिरु बस्न्यातले कास्की जिल्ला खेलकुद समितिका पदाधिकारीहरुसंग अन्तरक्रिया गरेका छन् । आइतबार पोखरा रंगशालाको कभर्डहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एआइजी बस्न्यातले तालिम केन्द्र, तालिमको संभाव्यता, भौतिक पूर्वाधार, प्रशिक्षण गतिविधि, प्रदेश तथा जिल्ला खेलकुद विकासको वर्तमान अवस्था लगायतका विषयमा अन्तक्रिया गरेका हुन् । कार्यक्रमा प्रदेश तथा जिल्ला खेलकुद गतिविधिको वर्तमान अवस्था, समस्या, चुनौतिहरु र नेपाल प्रहरी खेलकुद समितिको भूमिकाका सम्बन्धमा पनि छलफल भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका मेयर मान बहादुर जिसि, जिल्ला खेलकुद समितिका अध्यक्ष याम बहादुर गुरुङ्ग, राष्‍ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङ्ग लगायतको...

Read More

सन्दीपको सनसनी जारी, बंगलादेश प्रिमियर लिगमा पनि उत्कृष्ट प्रदर्शन

काठमाडौँ– नेपाली युवा स्टार लेगस्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा पनि आफ्ना सनसनीपूर्ण प्रदर्शनलाई निरन्तरता दिएका छन् । विश्व क्रिकेट लिगमा लगातार एकपछि अर्को व्यावसायिक टी २० लिग खेलेर चर्चाका शिखरमा रहेका लामिछानेले बीपीएलको डेब्यू खेलमा दुई विकेट लिएका हुन् । सिलेट सिक्सरका लागि सन्दीपले कोमिल्ला भिक्टोरियान्सविरुद्ध उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र १६ रन खर्चिएर दुई विकेट लिए । सन्दीपले व्यक्तिगत पहिलो तथा टिमका लागि चौथो विकेट दिलाउने क्रममा सोयब मालिकलाई सब्बिर रहमानको हातबाट क्याच गराए । यस्तै उनले अनामुल हकलाई बोल्ड गरेर दोस्रो विकेट हात पारे । २४ मध्ये १२ बल डट फालेका सन्दीपविरुद्ध...

Read More

क्यानले मुद्दा फिर्ता लियो, निलम्बन फुकुवाको बाटो खुला

काठमाडौँ— अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकूद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । दुईसाता अघि नेपालमा बसेको आइसिसीको स्वतन्त्र कमिटीको बैठकले उनीहरूलाई निलम्बन फुकुवा हुने विश्वास दिलाएपछि मुद्दा फिर्ता लिन अदालतमा निवेदन दर्ता गराएको निलिम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राससलाई जानकारी दिए । मुद्दा फिर्ताको औपचारिक थालनीपछि पछिल्लो साढे दुई वर्षदेखि निलम्बनमा रहेको क्यान फुकुवाको सम्भावना प्रबल बनेको छ । घरेलु विवाद समाधान भएपछि आइसिसीले निलम्बन फुकुवा गर्ने बताउँदै आएको छ । छ महिना अगाडि नै नेपाली क्रिकेटको...

Read More

विवेकशील साझाको काभ्रे संयोजकमा भूषण श्रेष्ठ

बनेपा– विवेकशील साझा पार्टी काभ्रेपलाञ्चोकको संयोजकमा भूषण श्रेष्ठलाई तोकिएको छ । पार्टीले आज यहाँ कार्यक्रम गरी जिल्ला शाखा संयोजक तोकिएको जानकारी दिएको हो । संयोजक श्रेष्ठ अटो नेपाल पत्रिकाको प्रबन्ध निर्देशकसमेत हुन् । पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डेले देशैभरि पार्टीको ९० दिने सङ्गठन विस्तारको अभियानअन्तरगत जिल्ला संयोजक घोषणा गरिएको बताए । कार्यक्रममा संयोजक श्रेष्ठले निष्ठाको काम गर्न राजनीतिक पार्टीमा लागेको दाबी गरे । सो अवसरमा उहाँले जिल्लालाई कृषि, पर्यटन र चलचित्र शहरका रुपमा विकास गर्नका लागि भूमिका खेल्ने बताए...

Read More

१६ उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसर कुकर, जिटिएच उद्योग प्रालि भक्तपुरबाट उत्पादित प्रेसर कुकर, हरि उद्योग प्रालि भारतबाट उत्पादित एलपीजी रेगुलेटर, होङ्सी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पिपिसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट पर्साबाट उत्पादित पिएससी सिमेन्ट, इन्टरटेक पाइप एण्ड फिटिङ रुपन्देहीबाट उत्पादित पिभिसी...

Read More