Author: Himalaya Post

गिरिजाबाबुको पालामा आधुनिकीकरणको शुरुआत : नेता महत

सुर्खेत– नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले नेपालमा गिरिजाबाबुका पालामा आधुनिकीकरणको शुरुआत भएको बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित पार्टीका कार्यकर्ता भेटघाट कार्यक्रममा नेता डा महतले विकासको जग काङ्ग्रेस र विशेष गरी गिरिजाबाबुले हालेको दाबी गरे। “मुलुकमा १२ वर्ष सशस्त्र द्वन्द्व चलिरहेका बेला पनि सरकारमा काङ्ग्रेस थियो”, उनले भने, “काङ्ग्रेसको बलियो नीतिका कारण उतिबेलाको विपरीत परिस्थितिमा पनि मुलुकमा विकास भयो ।” उनले अगाडि भने, “बहुलवादमा विश्वास गर्ने पार्टी काङ्ग्रेस नै हो । समाजवादको मर्मबमोजिम पार्टी अघि बढेको छ ।” मुलुकमा पक्की, कच्ची गरेर ८५ हजार सडक निर्माण हुनु, रु १२ अर्ब राजश्वबाट अहिले रु...

Read More

लगानी सम्मेलनको दातासँग परामर्श बैठक

काठमाडौँ– नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले कानूनी, शासकीय र प्रक्रियागत सुझाव दिएका थिए । काठमाडौँस्थित अधिकांश कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुख, बहुपक्षीय एवं द्विपक्षीय विकासका साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सहभागी उक्त बैठकमा उनीहरूले नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खतिवडाले बताए । सम्मेलनमा नेपालको कृषि, ऊर्जा, भौतिक पूर्वाधारअन्तर्गत...

Read More

अदुवाको मूल्य बढेपछि कृषक हर्षित

मङ्गलबारे– इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गरे । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाए । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उनले थपे “गर्नचाहिँ छाड्नुहुने रहेनछ, कुनै दिन भाउ आउँदोरहेछ ।” त्यहीँका खडानन्द ढुङ्गानाले पनि अदुवाबाट रु एक लाख ५० हजार आम्दानी गर्नुभयो । “अदुवाबाट यतिको धेरै आम्दानी भएको मेरो पहिलो पटक हो”, उनले भने, “यसपालि राम्रो मूल्य आएकाले अदुवा खेतीमा कृषकमा आशा पलाएको छ ।” उन्रीहरू मात्र होइन अदुवाबाट यसपालि धेरैले राम्रो आम्दानी गरेका छन् ।...

Read More

थाइल्याण्डमा चेलीको चमत्कार : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौँ– थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्यो । नेपालका लागि ममताकुमारी चौधरीले आठ रन बनाउँदा नेरी थापाले पाँच र डोली भट्टले दुई रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो । थाइल्याण्डलाई सस्तैमा समेट्ने...

Read More

उपत्यकाको वायुमा सास फेर्नै सकस !

काठमाडौं । उपत्यकाको वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । एक साताअघि सामान्य वर्षा हुँदा ह्वात्तै घटेको वायु प्रदूषण मंगलबारबाट उच्च हुँदै गएको छ। रत्नपार्कको वायु प्रदूषण मापन यन्त्रले दिएको तथ्यांकअनुसार मंगलबार बिहान २ः४५ मा कणको मात्रा अर्थात् पार्टीकुलेट म्याटर्स (पीएम) २ दशमलव ५ को दरले १४५ पुगेको थियो। विश्व स्वास्थ्य संगठनले पीएम २ दशमलव ५ को मात्रा १० माइक्रोग्राम क्युबिक मिटर निर्धारण गरे पनि सरकारले राष्ट्रिय मापदण्ड ४० निर्धारण गरेको छ। ‘काठमाडौं उपत्यकाको प्रदूषणको मुख्य कारणका रूपमा सवारी प्रदूषण नै रहेको पाइएको छ,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘२० प्रतिशत गाडीले ५० प्रतिशत धुवाँ फालिरहेका हुन्छन्, त्यसमा पनि २०...

Read More