Author: Himalaya Post

हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण भएको बताएका छन्। दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतमा राख्नुपर्ने बताए। “हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं” प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व...

Read More

आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

लहान – सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । यता स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आङ्शका गरेका छन् । गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । विहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक...

Read More

‘फानी’का कारण हावाहुरीसहितको वर्षा, सचेत रहन आग्रह

काठमाडौँ– शुक्रबार राजधानी लगायत देशका विभिन्न स्थानमा हावाहुरी सहितको वर्षा भएको छ । बङ्गालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभावका कारण नेपालमा पनि हावाहुरीसहितको वर्षा हुन थालेको मौसमविदको भनाइ छ । शुक्रबार बिहानैबाट चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परेको तथा मध्य क्षेत्रमा अध्यायारो भएको मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् । यस्तै वन तथा मौसम पस्र्वानुमान महाशाखाका अनुसार ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित रहेको र भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको छ । यसले नेपालमा जोखिम नदेखिएता पनि मौसममा बदलीका कारण आज र भोली नेपालको पूर्वी र मध्य क्षेत्रमा मेघ गर्जनरचट्टयांग तथा...

Read More

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै, सिंगारियो संसद भवन

काठमाडौँ – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ बजे दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनलाई सिंगारिएको छ...

Read More

टी-२० वरीयतामा नेपालको व्यापक सुधार, टेष्ट राष्ट्रलाई समेत पछि पार्यो

काठमाडौँ – आईसीसी टी-२० वरीयतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । आईसीसीले शुक्रबार जारी गरेको वरीयतामा नेपालले टेष्ट खेल्ने राष्ट्र जिम्बाब्बेलाई समेत पछि पार्दै ११ औं स्थानमा उक्लिएको हो । यस्तै नेपाल एशोसियट राष्ट्रको शीर्ष स्थानमा रहेको छ । गत महिनासम्मको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो । ११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २-१ ले जितेपछि नेपालको टी-२० वरियतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । टी-२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ...

Read More