काठमाडौँ– शुक्रबार राजधानी लगायत देशका विभिन्न स्थानमा हावाहुरी सहितको वर्षा भएको छ । बङ्गालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभावका कारण नेपालमा पनि हावाहुरीसहितको वर्षा हुन थालेको मौसमविदको भनाइ छ ।


ADVERTISEMENT


शुक्रबार बिहानैबाट चक्रवातको प्रभावले पूर्वका केही ठाउँमा मेघगर्जनसहित पानी परेको तथा मध्य क्षेत्रमा अध्यायारो भएको मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


यस्तै वन तथा मौसम पस्र्वानुमान महाशाखाका अनुसार ‘फानी’ हाल बंगालको खाडीमा ओडिसा को तटीय क्षेत्र नजिकै अवस्थित रहेको र भारतको ओड़ीसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको छ ।

यसले नेपालमा जोखिम नदेखिएता पनि मौसममा बदलीका कारण आज र भोली नेपालको पूर्वी र मध्य क्षेत्रमा मेघ गर्जनरचट्टयांग तथा हावाहुरी सहित हुने महाशाखाको भनाइ छ । महाशाखाले मौसमका कारण हुने जोखिमबारे सचेत रहन आग्रह गरेको छ ।

यता, गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ।

आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना छ ।