कोङ्दे, सोलु– बाह्रखरीको वार्षिक ‘आमन्त्रण गल्फ’ प्रतियोगिता विश्वकै सबैभन्दा उचाइमा खेलिएको छ । चार हजार दुई सय पचास मिटरमा भएको यो गल्फ प्रतियोगिता संसारकै सबैभन्दा उचाइमा भएको हो ।


ADVERTISEMENT


नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षाका साथ प्रतियोगिता आयोजना गरिएको थियो । सगरमाथा क्षेत्रको चारहजार दुईसय ५० मिटर उचाइमा रहेको कोङ्दे री मा र ती हजार आठसय ८० मिटर उचाइमा रहेको स्याङबोचेमा आइतबार बिहान ‘आमन्त्रण गल्फ’ प्रतियोगिता भएको हो । प्रतिकूल मौसमका बाबजूद कोङ्दे री ६ जना कर्पोरेट गल्फरले एक पार–३ कोर्समा प्रतिस्पर्धा गरे भने बाँकी आठ जनाले स्याङ्बोचेमा प्रतिष्पर्धा गरेका थिए ।


ADVERTISEMENT

# # #


बाह्रखरी गल्फ विश्वको सबैभन्दा बढी उचाइमा गरिएको बाह्रखरी मिडियाका उप–महाप्रबन्धक सूर्य घिमिरेले जानकारी दिए । उनका अनुसार यो प्रतियोगिता गल्फमा ‘रेकर्ड ब्रेक’ हो । आइतबार बिहानैदेखि त्यस क्षेत्रको मौसममा खराबी आएको भए पनि एनसेल बाह्रखरी गल्फ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताले नै ‘रेकर्ड ब्रेक’ गरेको हो ।

प्रतियोगिताको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्ने कार्यक्रम तय भएको भए पनि खराब मौसमका कारण हुन सकेन । कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै एनसेलका सीईओ एण्डी चोङ्गले एनसेलले बाह्रखरीसँग मिलेर यस कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले विश्वकै उचाइमा गरिएको यस कार्यक्रमप्रति आयोजकलाई बधाई दिँदै एनसेलले आफ्ना ग्राहकको सपना साकार पार्न मद्दत गर्ने बताए ।

व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले पनि एनसेल बाह्रखरी गल्फले नेपालको लागि ठूलो योगदान गरेको बताए ।प्रतियोगितामा सहभागी खेलाडीहरुले यस प्रतियोगिता अविस्मरणीय रहेको प्रतिक्रिया दिए ।

प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ ।

दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्ने बाह्रखरी मिडियाका उप–महाप्रबन्धक घिमिरेले जानकारी दिएका छन् ।

“हाम्रो मुख्य उद्देश्य नै पर्यटन प्रवर्द्धन गर्नु हो,” घिमिरेले भने, “आइतबार बिहान सगरमाथा क्षेत्रमा गल्फ प्रतियोगिता गरेर रेकर्ड ब्रेक गरेका छौं ।”
सरकारले आयोजना गरेको भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस प्रतियोगिताको सन्देश विश्वभर पुगेको बताउँदै यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।

अस्टुबर २६ मा हुने फाइनल खेलमा बाह्रखरी गोल्डेन बल तथा अन्य आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । एनसेल बाह्रखरी गल्फ नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो गल्फ प्रतियोगिता भएकाले ‘रेकर्ड ब्रेकिङ गल्फ इभेन्ट’ हुने उनले बताए ।