– भीम ढकाल


ADVERTISEMENT


चिनियाँ राष्ट्रपति सी जिङफिङको नेपाल भम्रण भर्खरै सम्पन्न भएको छ । सीको भम्रणमा काठमाडौँको ट्राफिक व्यवस्थापन साँच्चिकै कठिन थियो । त्यही चुनौतिलाई मध्यनजर गरेर हामीले भम्रणको १५–१६ दिन अगाडिदेखि तयारी गर्दै आएका थियौँ । चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला हुने सबै किसिमका औपचारिक भ्रमण/आवागमनको सुरक्षा व्यवस्था हामीले मिलायौँ ।


ADVERTISEMENT

# # #


विश्वकै शक्तिशाली मध्येको एक जना नेपाल आउने भएपछि यो भ्रमणमा सुरक्षाका हिसाबले हामीलाई निकै चुनौतिहरु थिए । त्यसमा पनि ट्राफिक व्यवस्थापन झनै चुनौतिपूर्ण कार्य थियो । सीको भ्रमणका बेला राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुका एकै दिनमा १५–१६ भन्दा बढी आवागमनहरु भए । यो दुई दिनमा धेरैभन्दा धेरै सडक खाली गर्नुपर्ने अवस्था थियो । कहीँबाट केही भयो भने पूरै विश्वमै बद्नाम हुने अवस्था थियो । यी सबै कुरालाई मध्यनजर गरेर हामीले दुई चारवटा कुराहरुमा ध्यान दियौँ ।

पहिलो कुरा हामीले यो भ्रमणको विषयमा आम जनतालाई ७ बुँदे अनुरोध गर्‍यौँ । जसमा ठूला सवारी साधान चक्रपथभित्र नचलाउन, मुख्य सडकमा नभई भित्री बाटो र करिडोर प्रयोग गर्न, त्यो दिन कम सवारी चलाउन र जरुरी पर्यो भने कसैसंग लिफ्ट मागेर जान लगायतका सतवटा हामीले अनुरोध गरेका थियौँ । यसमा सर्वसाधारणले सहयोग पुर्यादिनुभयो । सवारीका बेला पनि एम्बुलेन्स लगायतका जरुरी सवारी साधानहरुलाई पनि हामीले चाँडोभन्दा चाँडो कटाइदिने व्यवस्था हामीले गर्यौँ । सडकको मुखमा पर्खिरहेका सवारीलाई केही छिनको लागि भएपनि छोड्ने काम हामीले गर्यौँ । यो बेलामा हाम्रा अनुभवी र क्षमतावान् ट्राफिक प्रहरी साथीहरुले आफ्नो उत्कृष्ट क्षमता प्रस्तुत गर्नुभयो ।

हामील विभिन्न सम्बन्धित निकायहरुसंग सम्वन्वय गरेर अगाडि बढ्यौँ । जसमा प्रशासन, सिभिल पुलिस, सशस्त्र प्रहरी, नेपाली सेना सम्वन्वय गरेर व्यवस्थापनलाई चुस्त बनाउने काम गरेका थियौँ । एकै समयमा ५–७ वटा सवारी चलाउनुपर्ने अवस्था थियो । त्यसलाई पनि व्यवस्थापन गर्न हामी सफल भयौँ ।

भ्रमण सफल भएपछि धेरैतिरबाट फोनमार्फत राम्रो ट्राफिक व्यवस्थापन गरेको भन्दै बधाइ तथा धन्यवाद हाम्रा अफिसरलाई प्राप्त भयो । सर्वसाधारणहरुले हामी हामीलाई भीभीआइपीको भ्रमणका बेला पनि चुस्त ट्राफिक व्यवस्थापनको लागि धन्यवाद दिनुभयो । गृह मन्त्रालय, प्रमुख प्रहरी निरीक्षकबाट पनि हामीलाई सहयोग, समर्थन प्राप्त भयो । भ्रमण सफल भएपछि सम्माननीय प्रधानमन्त्रीबाट पनि हामीलाई धन्यवाद प्राप्त भयो ।

आफ्नो परिचालनलाई चुस्त बनाउने र सर्वसाधारणलाई पनि विश्वासमा लिएर काम गर्‍यौँ भने यस्ता भ्रमणहरुलाई हामी सजिलै सम्पन्न गर्नसक्छौँ भन्ने सन्देश चिनियाँ राष्ट्रपजि सीको भ्रमणबाट प्राप्त भएको छ ।

(महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालसंग गरिएको कुराकानीमा आधारित)