काठमाडौँ – काठमाडौं । नेपालका युवा स्टार सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट लिग खेल्ने भएका छन् । आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा आफ्नो टिममा अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


योसँगै सन्दीपले एक करोड ४६ लाखभन्दा बढी नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन्


ADVERTISEMENT

# # #


सन्दीपसँगै यो टिममा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिता सन् २०२० मा हुनेछ ।