काठमाडौं । झापा दमक घर भएका लक्ष्मी चापागाईले लाईसेन्स बनाउन दिएको एक बर्ष भयो । कतार एयरवेजको दोहा स्थित ड्युटी फ्रिमा काम गर्ने उनले अघिल्लो बर्षको दशैंमा स्वदेश आउँदा बनाउन दिएको लाईसेन्स यो बर्षको तिहारमा घर आउँदा समेत पनि नपाउने भएका छन् । कारण, एक बर्ष लगाएर बल्ल बल्ल प्रिन्ट गरेको लाईसेन्स नै बिग्रिएकाले फेरी प्रिन्ट गर्नुपर्ने भयो । यातायात विभागका अनुसार उनले लाईसेन्स पाउन अझै दुई तीन महिना कुर्नुपर्नेछ ।


ADVERTISEMENT


लक्ष्मी मात्रै होईन नयां लाईसेन्स बनाउने र नविकरण गर्न दिएकाहरु सबैले एक बर्ष भित्र स्मार्ट भनिएको लाईसेन्स नै पाउन सक्दैनन् । लाईसेन्स बन्यो की भन्दै पटक पटक सम्बन्धित कार्यालयमा बुझ्न जाँदा सर्बसाधारणहरु आजित भईसकेका छन्, खर्च माथि खर्च बढिरहेको छ । लाईसेन्स बन्यो की बनेन भनेर बुझ्नका लागि यातायात विभागले सञ्चालन गरेको ३३००१ मा एलसी स्पेस कोड नम्बर हालेर म्यासेज पठाउने नेपाल टेलिकमको सेवाबाट नै जनताहरु ढगिरहेको खुलासा भएको छ । एउटा म्यासेज पठाएको नै १८ रुपैया ब्यालेन्स काट्न थालेपछि विभाग र टेलिकमको मिलेमतोमा जनता ठगिको खुलेआम लुट चलिरहेको पाईएको हो ।


ADVERTISEMENT

# # #


यता थोरै समयमा धेरै स्मार्ट लाइसेन्स छाप्ने क्षमता भएको मेसिन (मास प्रिन्टर) यातायात व्यवस्था विभागमा भित्रिएको दुई महिना बित्यो तर निकै हल्लाखल्लाका साथ ल्याइएको सो मेसिन अझै प्रयोगमा ल्याईएकै छैन । यातायात मन्त्री रघुबिर महासेठले लाईसेन्स बितरणमा ढिलाई नहुने भन्दै गरेको भाषणकै खिल्लि उडाउने काम उनी मातहतको विभाग र कार्यालयहरुबाटै भईरहेको छ ।

अहिले लाइसेन्सको प्रिन्ट हुन बाँकी संख्या ६ लाखभन्दा माथि रहेको बुझिएको छ । तर विभागका ५ वटा पुरानामध्ये मुस्किलले ३ वटा मेसिनले मात्रै प्रिन्ट गरिरहेका छन् । अन्य बिग्रिएर थन्किएका छन् । चलेका मेसिनमा पनि पटक पटक समस्या आउने गरेको कर्मचारीहरु बताउँछन् ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुन्छ । प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुन्छ । सबै कार्यालयहरुमा सेवाग्राहीको चाप रहेकाले लाइसेन्सको माग पनि ठूलो दरमा बढिरहेको छ ।