काठमाडौँ – एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व)सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नछन् ।

साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३७८ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।