आदरणिय उपत्यकाबासी दाजुभाई दिदीबहिनीहरूमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष धन्यवाद,
मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सि चीनफिङ्गको यहि २०७६।०६।२५ र २६ गतेसम्म भएको राजकिय भ्रमणका अवसरमा उपत्यकाबासी दाजुभाई, दिदीबहिनीहरूले ट्राफिक प्रहरीको अनुरोध स्वीकार गरी ट्राफिक व्यवस्थापनमा पुर्‍याउनुभएको अमूल्य सहयोगको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखा हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
अगामी दिनहरूमा पनि सवारी व्यवस्थापनमा यहाँहरूको निरन्तर सहयोग, सल्लाह र समन्वयको अपेक्षा गरिएको छ । एक्सन, समन्वय र परिचालनमा अब्बल मानिएका एसएसपी भीम ढकालको  चुनौतिपूर्ण रहेको काठमाडौं उपत्यकाको ट्राफिकमा रचनात्मक र सहज व्यवस्थापनको बिश्वास गरिएको छ ।


ADVERTISEMENT